Definition, slogan, causes, Clinical features, prevention and treatment of malaria

By Ranjeet Patel (HA)

MALARIA
Definition:-
औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ।
यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो।
मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ।
Causative agent :-
प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्।
त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ।

Clinical features :-
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ।
यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।
औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्।
यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ।
लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।
औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ।
एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटमा केही हल्का लक्षणहरू देखिन्छन्।
यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना I वा वर्षमा हराएर जान्छ।
Diagnosis:-
औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।

Incidence in Nepal
नेपालमा औलोको उच्च जोखिम भएका 13 जिल्ला छन्। त्यहाँका मानिस औलोको जाखिममा रहेका छन्।
२०७३/७४ को तथ्यांक हेर्ने हो भने १ हजार १ सय २८ जना मलेरिया संक्रमित बिरामी भेटिएका छन्।
त्यसमध्ये आयातित (विदेशबाट औलो लिएर आउने मानिसबाट सर्ने) ६ सय ३६ जना छन् भने स्थानीय ४ सय ९२ जना छन्।
आर्थिक वर्ष २०७२/७३ को तथ्याकं हेन्र्ने हो भने आयातित ४ सय ८५ र स्थानीय ५ सय ६ संक्
Prevention and treatment
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ।
लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ।
राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो।
शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ।
स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ।
जोखिम युक्त ठाउँहरुको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुनबाट जोगिन सकिन्छ।
घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा अरुलाई बचाउन सकिन्छ।
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।
ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरेका छौं।
शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिन्छ।
नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ।
परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।

हिमाली क्षेत्रमा पनि औलो
जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन्।

कहिले बन्छ औलोमुक्त नेपाल?

सन् १९५४ देखि औलो निवारणका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन्।
योभन्दा पहिले औलो भएका बिरामीलाई उपचारमा पहुँच थिएन।
यो रोग लागेपछि जटिलता उत्पन्न भएर मान्छेको मृत्यु हुन्थ्यो।
नेपाल सरकारले औलो नियन्त्रणको प्रयास थालेदेखि क्रमशः बर्सेनि यो रोग कम हुँदै अहिले धेरै कम भइसकेको छ। नेपालका जुन भागमा औलो पाइन्छन् त्यो भागमा शून्य औलो बनाउने लक्ष्य लिएका छौं।
सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने योजना छ।
यसका लागि विभिन्न रणनीति बनाएका छौं।
त्यहीँ अनुसार काम पनि गर्दैछौं।


Slogan of 2021
२५ अप्रिललाई विश्व औलो दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिँदैछ। यस वर्ष( शुन्य औलाेकाे लछ्यमा पुग्दैछाै |)





आज विश्व औलो (मलेरिया) दिवस ।
April 25, 2021
Reaching the Zero Malaria Target।
शुन्य औलोको लक्ष्यमा पुग्दैछौ। Prepared by Ranjeet Patel

Leave a comment